दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनवलमा सवारी दुर्घटना हुँदा १७ जना घाईते एकको अवस्था गम्भीर

नवलपरासी,पश्चिम्  ।  पश्चिम नवलपरासीको सुनवलमा बस र टिप्पर एकआपसमा ठक्कर खादा बस चालक सहित १७ जना घाइते भएका छन । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर बिहीवार राती करिब १० बजे सुनवल – ४ अल्कत्रे डाडां नजिकै दुई सवारी एक आपसमा ठोकिएका हुन ।

 

दुर्घटनामा घाइतेको उपचारका लागि १३ जना देवदह मेडिकल कलेज भलुही,४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

घाइते मध्य १ जनाको अवस्था गम्भीर , ७ जना मध्य र ९ जनाको अवस्था सामान्य रहेकोे डिएसपी बोहराले जानकारी दिनुभयो ।

 

सवारी साधन र  चालकलाई नियन्त्रणमा लिइ दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ०२ बजे