सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पाँचौँ झम्सिखेल महोत्सव हुँदै

ललितपुर । झम्सिखेल यूथ क्लबको आयोजनामा यही माघ २० गते श्निवार ‘पाँचौं झम्सिखेल सडक महोत्सव २०८०’ हुने भएको छ । झम्सिखेल यूथ क्लबले हरेक चार–चार वर्षमा आयोजना गर्ने

उक्त सडक महोत्सव, यसअघि २०६४, २०६८, २०७३ तथा २०७६ मा सम्पन्न भएको थियो । 

महोत्सवमा चर्चित लोकदोहोरी गायकका प्रस्तुति साथै रक कन्सर्ट तथा हास्य कलाकारहरूको प्रस्तुति पनि रहने क्लबका प्रवक्ता घिमिरेले जानकारी दिनुभएको छ । 

महोत्सवमा सांस्कृतिक कार्यक्रमका अतिरिक्त विभिन्न प्रकारका स्टलहरू राखिने र महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको क्लबका अध्यक्ष सन्दन थापा मगर बताउनु भएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : ०१ बजे