साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विदेशी चिकित्सक बिना पहिलो पटक नेपाली चिकित्सकबाट मात्रै कलेजोको सफल प्रत्यारोपण

काठमाडौं । नेपालमा पहिलो पटक नेपाली चिकित्सकको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक विदेशी विशेषज्ञको संलग्ना बिना नै नेपाली चिकित्सकको टोलीले मात्रै कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीले गत पुस २७ गते ४१ वर्षीया पुरूषमा कलेजो प्रत्यारोपण गरिएको हो । उहाँलाई उहाँकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गर्नुभएको थियो ।

नेपालमा पहिलोपटक २०७३ साल मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पहिलोपटक कोरियाबाट आएका शल्यचिकित्सकको विज्ञ टोलीले कलेजो प्रत्यारोपण गरेको थियो ।

त्यसयता त्रिविसहित विभिन्न अस्पतालमा कलेजो प्रत्यारोपण गरिएतापनि सबै विदेशी विशेषज्ञ चिकित्सकको संलग्नतामा गरिएको थियो । तर पहिलो पटक त्रिविमा नितान्त नेपाली चिकित्सकको टोलीले मात्रै सफल प्रत्यारोपण गरेको हो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १ : २५ बजे