जनकपुरधाम । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् ।
मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले जानकारी दिनुभयो ।
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।
प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार ११ : ४३ बजे
प्रतिक्रिया