सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौँ । आइसीसी यू-१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर नेपालका कप्तान देव खनालले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

कप्तान देव खनालले टोलीमा दुई परिवर्तन गरेका छन् । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् ।

नेपाल समूह डी मा पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।

नेपालको प्लेइङ ११:
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : ५१ बजे