‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीलाई १४ वर्षको जेल सजाय

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई सरकारी उपहार अवैध रूपमा बिक्री गरेको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

अदालतले भ्रष्टाचारका मुद्दामा दम्पतीलाई १४ वर्षको लागि सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य र ७५ करोड ७० लाख रुपैयाँ (२.७ मिलियन डलर) जरिवाना पनि तोकेको छ। बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन् ।

मंगलबार मात्रै इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो । राज्य गोप्य खुलासा गरेको आरोपमा खानलाई १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो सजाय सुनाइएको हो।

सन् २०२२ मा विपक्षी दलहरूले इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । उनी यसअघि नै भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि तीन वर्षको जेल सजाय काटिरहेका छन् ।

खानले आफू विरुद्ध भएका कैयौँ मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताउदै आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : २८ बजे