इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार कारागार चलान

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार कारागार चलान हुनु भएको छ ।

उहाँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि काठमाडौंबाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत बागलुङले २७ वर्षीया सुनारलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : ०४ बजे