न्यायाधीश मरासेनीको निधनमा आज उच्च अदालत पाटन र जिल्ला अदालतहरु बन्द

काठमाडौं । न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज उच्च अदालत पाटन र मातहतका जिल्ला अदालतहरू बन्द भएका छन्। उच्च अदालतका न्यायाधीश मरासेनीको हृदयघातबाट मंगलबार निधन भएको थियो। 

मंगबार बिहान बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज शोक बिदा दिने निर्णय गरेको हो।

काठमाडौं  जिल्ला अदालतले एक सूचना जारी गर्दै आज अदालत बन्द भएको जानकारी गराएको छ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ११ : २६ बजे