ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारबाहीको सिफारिस

काठमाडौँ – फ्लोर क्रस गरेर मतदान गर्ने चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमालेको कर्णाली प्रदेशले सिफारिस गरेको छ । पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गरिएको हो । 

सुर्खेतमा बसेको बैठकले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाहीका लागि सिफारिस गरेको हो । आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ४१ बजे