अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने सातजना पक्राउ

काठमाडौं । प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेश कुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव, २४ बर्षका हरिशंकर चौधरी रहनुभएको छ ।

उहाँहरूबाट विभिन्न ब्राण्डका मोबाइलहरु १६ थान र चार थान ल्यापटपहरु बरामद भएको छ ।

उहाँहरुलाई नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर, जडिबुटी लगायत काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : ४५ बजे