निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

पोखरा । पोखरामा लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका-६ खरेचोकमा चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलाको लिफ्टबाट खस्दा ३७ वर्षका प्रवीण भट्टराईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । निर्माणाधीन घरमा तातो पानी आउने प्रणाली हेर्न जाँदा उनी लिफ्टबाट खसेका हुन् ।

गम्भीर घाइते भएङ्का उनलाई तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा साढे  २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ०५ बजे