‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बैतडीमा जिप दुर्घटना एक जनाको मृत्यु सात जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा नं ८ को कालागाउँ बस्ने १५ वर्षीया मनीषा विष्ट रहेकी छन् । दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट  कालागोरा गाउँ जाँदै गरेको सुप प्र ०१००२ज १५३७ नम्बरको जिप वडा नं २ को कटौजपानीमा दुर्घटनामा परेको हो । 

जिपमा  चालकसहित ८ जना सवार रहेको र एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा वडा नं ८ का चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीय हरिमाया विष्ट, १७ वर्षीय महेश विष्ट घाइते भएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ०३ बजे