‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पुर्वप्रधानमन्त्री ओलीले पाँच पोखरीको दर्शन गर्नुहुने 

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरीको दर्शन गर्नुहुने भएको छ।

 

बुधवार पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न आउन लाग्नुभएका पूर्व प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पाँचपोखरी कुण्डमा समेत दर्शन गर्न लाग्नुभएको हो ।

 

अध्यक्ष ओली बुधवार हेलिकप्टरबाट श्रीमती राधिका शाक्य सहित काठमाडौँबाट सिधै पाँचपोखरी कुण्डमा जाने र त्यहाँ केही समय बसेर बिहान ११ बजे गाउँपालिकाको भवन रहेको स्थान थाङ्पालमा आएर भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो   ।

पाँचपोखरी समुन्द्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पाँचपोखरी पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दु तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।

 

पाँचपोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । पाँचपोखरी कुण्ड इन्द्रावती नदीको उद्गमस्थल हो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : ४५ बजे