‘एउटै नाउरको सिकार गर्न २३ लाख’

साइबर अपराध आरोपमा युट्यूबर मनोज मानव पक्राउ

काठमाडौं ।   युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई मंगलबार पक्राउ गरेको हाे । 

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको  एसपी पशुपति रायले बताए ।  महतो यसअघि पनि साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १ : ४२ बजे