‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदी विदेशमन्त्रीको आह्वान

रियाद । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले आइतबार इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गर्नुभएको छ ।  

साउदी राज्यको स्वामित्वमा रहेको ‘अल अरेबिया न्यूज च्यानल’का अनुसार उहाँले कायरोमा  इजिप्टका समकक्षी समेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नु भएको हो ।  यस सन्दर्भमा दुवैले गाजा पट्टीमा युद्धविराम तथा आवश्यक  सहयोगको आह्वान गर्नु भएको थियो ।  

अरब राष्ट्रहरूसँगै साउदी अरेबियाले पनि प्यालेस्टिनी जनताको रक्षा गर्न दबाब जारी राख्ने साउदी अधिकारीले बताएका छन् ।  

गाजाको मानवीय स्थितिमा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) को फैसलालाई इजरायलले अस्वीकार गरेको सन्दर्भमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन इजरायलमा पनि समान लागु हुनस पर्ने कुरामा जोड दिनुभएको छ ।  

शुक्रबार आईसीजेले इजरायललाई गाजा पट्टीमा प्यालेस्टिनीविरुद्धको नरसंहार रोक्नको लागि सबै सम्भावित उपायहरू लागु गर्ने आदेश दिएको छ । अदालतका अनुसार यी आदेशहरू कानुनी रूपमा बाध्यकारी छन् ।

यद्यपी दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक आग्रहलाई आईसीजेले इजरायललाई गाजामा सैन्य कारबाही स्थगित गर्न आदेश दिएको छैन । दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक हो । हमासलाई सबै इजरायली बन्धकहरूलाई रिहा गर्न पनि आह्वान गरेको छ ।  
 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : ४३ बजे