सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा पुगेको छ ।

आइतबार नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो ।

गण्डकी प्रदेशले दिएको १७१ रनको लक्ष्य पछाएको पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि गण्डकी प्रदेशले पहिला ब्याटिंग गर्दै ३८.३ ओभरमा अलआउट हुदै १७० रन बनाएको थियो ।

मौसम खराब हुदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो ।

यो जितपछि पुलिस क्लबको ७ खेलमा १४ अंक भएको छ र अपराजित रहदै फाइनलको यात्रा सुनिश्चित गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको भने छैटौं हार हो । गण्डकीको ८ खेलमा ४ अंकसहित अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ५४ बजे