ललितपुर । ललितपुरको नागबहालमा जर्मन महिला मृत भेटिएको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ।
मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ। मृतक जर्मन घर भएर ललितपुर बस्ने एडी इल एचइडी हुन् । प्रहरीका अनुसार करिब ५५–६० उमेरकी छन्।
मृतक महिलाको टाउकोमा चोट देखिएको छ। राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन्।
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : १५ माघ २०८०, सोमबार ३ : ०९ बजे
प्रतिक्रिया