सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

रुकुम पश्चिममा प्रहरीलाई कुटपिट गर्ने चारजना पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिममा ड्युटीमा रहेका २ प्रहरी कुट्ने ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा ४ जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा नम्बर ५ का २२ वर्षीय कैलाश पुरी र वडा नम्बर ६ का १५ वर्षीय बालक छन् ।

सोमबार प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आइतबार साँझ जिल्लाको बाँफिकोट–३ स्यार्पुमा ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानहरु महेन्द्रबहादुर शाही र हिमराज खड्का माथि कुटपिट भएको थियो । 

प्रहरीका अनुसार होहल्ला गर्दै हिँडेका युवालाई सम्झाउन खोज्दा प्रहरीमाथि हातपात र  ढुङ्गा प्रहार भएको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  २ : ०३ बजे