‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण, दुई जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै आक्रमण भएको छ । आक्रमणमा परेर दुई जना प्रहरी जवान घाइते भएका छन् ।

स्थानीय युवाको आक्रमण परेर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार आइतबार साँझ बाँफिकोट गाउँपालिका–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवाद भएको थियो । त्यही विवादबारे बुझ्न प्रहरी पुगेको थियो ।

विवादमा आक्रोसित स्थानीयले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । कसले कसरी आक्रमण गरेको भन्नेबारे खुलेको छैन ।

घाइतेहरुलाई उपचारका लागि राति नै जिल्ला अस्पताल ल्याइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ११ : २३ बजे