‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ठगीकाे आरोपमा ललितपुरका श्रेष्ठ पक्राउ

काठमाडौं । विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोप लागेका ललितपुरका अनिल श्रेष्ठ पक्राउ परेका छन् ।

ठगी तथा अपराधिक विश्वासघातको आरोपमा उनी पक्राउ परेका हुन् ।

ललितपुर प्रहरी परिसरको टोलीले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेर काठमाडौं प्रहरी परिसरलाई बुझाएको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका–९ का श्रेष्ठले लुभुकी एक महिलामाथि ठगी तथा अपराधिक विश्वासघात गरेको उजुरी काठमाडौं प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा उनी पक्राउ परेको काठमाडौं प्रहरी परिसरका डीएसपी अंगुर जीसीले जानकारी दिए ।

प्रहरीका अनुसार श्रेष्ठले एकल महिलाको चेकमा आफैँले एक करोड ८६ लाख रुपैयाँको चेक बाउन्स गरेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी छ ।

श्रेष्ठको आपराधिक कर्म यतिमै सीमित छैन । उनी यसअघिसमेत पटक–पकट पक्राउ पर्दै छुट्दै आएका आरोपित हुन् ।

यसअघि २०७९ मा उनी आफ्नै एक सहकारीका कर्मचारीको स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा पक्राउ परेका थिए । महालक्ष्मी नगरपालिका–८, लुभुकै ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा उनले पेस्तोल राखेको आरोप लागेको थियो । त्यसअघि उनी बहुविवाहको मुद्दामा समेत पक्राउ परेका थिए ।
 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : २० बजे