घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर एककाे मृत्यु 

स्याङ्जा । स्याङ्जाको पुतली बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो स्याङ्जा नगरपालिकांं – ८ काहुले बस्ने ५० वर्षीया चन्द्र कुमारी सुनारको करेन्ट लागेर मृत्यु भएको हो । 

घाँस बोकेर घर फर्कने क्रममा घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ४५ बजे