‘एउटै नाउरको सिकार गर्न २३ लाख’

४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

तनहुँ ।  प्रहरीले ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई  प्रहरीले पक्राउ गरेको हो ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिमाद र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेकोहो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : ०१ बजे