सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गण्डकीमाथि एपीएफको फराकिलो जित

काठमाडौँ । एपीएफ क्लबले गण्डकी प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ८८ रनले पराजित गरेको हो ।एपीएफले दिएको २०८ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३३।४ ओभरमा अलआउट हुदै ११९ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै एपीएफले ४७।२ ओभरमा अलआउट हुदै २०७ रन बनाएको थियो । जारी पीएम कपमा एपीएफको यो चौथो जित हो । ७ खेलमा ८ अंक हासिल गरेको एपीएफ छैटौं स्थानमा छ भने अब लिगमा दुई खेल खेल्न बाँकी रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको भने यो पाँचौं हार हो । ७ खेलमा २ खेल जितेको गण्डकीको ४ अंक रहेको छ र आठौँ स्थानमा छ ।अब गण्डकीले सोमबार नेपाल पुलिस क्लबसँग खेल्ने छ भने एपीएफले मंगलबार सुदूरपश्चिमको सामना गर्ने छ ।
 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : ०१ बजे