‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिकागोमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु

सिकागो । सिकागोको मध्यक्षेत्रमा शुक्रबार भएको सशस्त्र झडपमा दुई विद्यार्थीकोे मृत्यु भएको सिकागो प्रहरी तथा अग्नि नियन्त्रकले बताएका छन् ।  

शिकागो ट्रिब्यूनको रिपोर्ट अनुसार मृतक विद्यार्थीहरू १६ र १७  वर्षका थिए । उनीहरूसहित विद्यालयका अन्य चार  व्यक्तिहरू विद्यालयबाट फर्कँदै गर्दा दुई गाडीमा आएका केही व्यक्तिहरूको समूहले गाडीबाट भरी गोली हानेका थिए ।

 मृतकलाई छातीमा गोली हानिएको र उनीहरूलाई गम्भीर अवस्थामा नर्थवेस्टर्न मेमोरियल अस्पतालमा लगेको केही समयपछि मृत घोषिणा गरिएको शिकागो फायर डिपार्टमेन्टका प्रवक्ता ल्यारी ल्याङफोर्डले बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अप्रिल २०२३  मा शिकागोको मध्यक्षेत्र दुई किशोरहरूलाई गोली हानिएको थियो भने एक वर्षअघि मिलेनियम पार्कको बीन मूर्तिकला नजिकै १६ वर्षीय बालकको गोली हानी हत्या गरिएको थियो ।
 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : ०१ बजे