‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हुण्डी कारोबारमा संलग्न दुई अनामनगरबाट जना पक्राउ

काठमाडौँ ।  हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका १० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका ११ घर भई काठमाडौं महानगरपालिका६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राई पक्राउ परेका छन् ।
 
युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ । 

उनीहरू उपर जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ६ : ५९ बजे