सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अफगानिस्तान १४५ रनमै अलआउट, आकाशले लिए ५ विकेट

काठमाडौं । अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान १४५ रनमा अलआउट भएको हो।

टस जितेर ४०.१ ओभर खेलेको अफगानिस्तानका लागि एम घजनफारले सर्वाधिक ३७ रन बनाए। त्यस्तै कप्तान नसिर खानले ३१, फरिदुन दाउदजाईले २९ र हसन इसखिलले २० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

अफगानिस्तानलाई सस्तैमा अलआउट गर्न नेपालका लागि आकाश चन्दले ५ विकेट लिए। त्यस्तै दीपेश कँडेलले २ र गुल्शन झा, सुवास भण्डँरी र तिलक भण्डारीले एक-एक विकेट लिए।

दोस्रो चरणमा प्रवेशका लागि यो खेल जित्नैपर्ने भएको छ। नेपाल यसअघि न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो। 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ६ : ५३ बजे