साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मुखको दुर्गन्ध हटाउन के गर्ने ?

तपाई–हामी सामाजिक प्राणी भएका कारण मान्छेका बीच हुनु स्वाभाविकै हो । त्यसमाथि कसैसँग पनि सामिप्यता हुनुले सम्बन्ध पनि बलियो हुन्छ । तर मुख गन्हाउने मान्छेलाई अरुका नजिक जान पनि गाह्रो हुन्छ । किनकि, मुख गन्हाएको अरुले तुरुन्तै थाहा पाउँछन् । मुख गन्हाउनाले हाम्रो सामाजिक व्यक्तित्वका साथै पारिवारिक सम्बन्धमा पनि असर गर्छ । त्यसैले मुख नगन्हओस् भनी प्राचीन कालदेखि नै मान्छेले विभिन्न तरिका अपनाउने गर्दै आएको छ । तपाई–हामी पनि केही घरेलु उपाय अपनाई मुख गन्हाउने समस्याबाट छुटकारा पाउन सक्छौँ ।

मुखबाट आउने दुर्गन्धले तपाईको सम्पर्कमा आउने व्यक्तिहरूबाट तपाईलाई टाढा बनाउनुका साथै तपाईको व्यक्तित्वलाई पनि प्रभावित पार्न सक्दछ । अझ प्रेमी/प्रेमिका वा जीवनसाथीको सम्बन्धलाई यसले झन् खल्लो बनाउन सक्दछ । कैयौं मानिसलाई मुखको दुर्गन्धको समस्या कसरी हटाउने भन्ने कुराले पिरोलिरहेको हुन्छ ।
 

मुखबाट दुर्गन्ध आउने कारणहरूः

दाँत राम्ररी वा नियमित नमाझेमा ।

  •  दाँत वा गिजाको रोग ‘पायरिया’ भएमा ।
  • पेट राम्ररी सफा नभई कब्जियत हुने गरेमा ।
  •  दाँतमा अड्किएको खाद्य वस्तु ननिस्किएमा ।
  •  पाचन प्रणालीमा गडबडी भएमा ।
  •  पेट सम्बन्धी विभिन्न रोग लागेमा ।
  •  गिजा सुन्निएमा ।
  •  दाँतलाई सहारा दिने हड्डीमा सङ्क्रमण भएमा ।
  •  कमसल खालको नक्कली दाँत लगाउनाले ।
  •  मुख, जिब्रो, घाँटी वा पेटको क्यान्सरका कारणले ।
  •  मुख वा घाँटीमा घाउ भएमा ।
  •  पेटमा जुका, चुर्ना, नाम्ले किरा आदि भएमा ।
  •  धुम्रपान, मद्यपान तथा गुटखा, आदि सेवन गर्नाले ।
  •  फोक्सो सम्बन्धी सङ्क्रमण वा रोग भएमा ।
  •  लामो समय ‘डिहाइडे«ट’ अर्थात् पानी नपिई मुख सुक्खा रहेमा ।

मुखको दुर्गन्ध हटाउन के गर्ने ?

  • मञ्जनले दाँत माझ्दा हतार नगरी राम्ररी माझेमा मञ्जनमा भएको ‘एन्टी व्याक्टेरियल’ तत्त्वले जिवाणु वा किटाणुलाई पनि मार्दछ ।
  •  कब्जियत हुन नदिने ।
  •  पेट सदा सफा राख्ने कोशिस गर्ने ।
  •  अपच तथा अजीर्ण हुन नदिने ।
  •  गरिष्ठ भोजन, मर–मसला, मासु लगायत सेवन नगर्ने ।
  •  शाकाहारी एवं सात्विक भोजनमा जोड दिने ।
  •  दाँत र जिब्रोमा जम्ने फोहोरबारे सदा सचेत रहने ।
  •  अचेल बजारमा विभिन्न प्रकारका ‘माउथ फ्रेसनर’ हरू पाइन्छन् । मुखको दुर्गन्ध हटाउन तीमध्ये आफ्नो अनुकूल कुनै ‘माउथ फ्रेसनर’ प्रयोग गर्ने ।
  •  प्याज, लसुन जस्ता गन्ध आउने खाद्य पदार्थलाई खाना खानुअघि वा खानाको बीचमा मात्र प्रयोग गरेमा केही हदसम्म प्याज, लसुनको गन्ध कम हुन्छ ।
  •  यसैगरी जाइफल, सेतो मरुवा, जावित्री, तुलसी र सक्खरलाई समान मात्रामा मिलाई चूर्ण बनाएर सेवन गर्नाले पनि मुखको दुर्गन्ध हट्दछ ।
  •  बेलाबेलामा, ल्वाङ सुकमेल चपाउने वा चुस्ने गरेमा पनि मुखको दुर्गन्ध हट्दछ ।
  •  खाना खाएपश्चात् जिरा वा सांैफ चपाउने गरेमा मुखको दुर्गन्ध कम हुन्छ ।
  •  अनारको बोक्रा पिँधेर पानीमा उमालेर बोक्रा छानी कुल्ला गर्ने गरेमा पनि मुखको दुर्गन्ध हट्दछ ।
  •  नून र तातो पानीले गारगल गर्ने गरेमा पनि घाँटी सफा भई दुर्गन्ध हट्दछ ।​​​​​​​
  • नागरबेलको पातमा सुपको दाना एवं गुलकन्द हालेर चपाउनाले मुखको गन्ध हट्छ ।
  •  धनियाँ र मिश्री मिलाएर चपाउनाले मुखको दुर्गन्ध हट्छ ।
  •  सुपको दाना चपाएर खानाले पनि मुखको दुर्गन्ध हट्छ ।
  •  मिश्री या सखरमा इलाइचीका दानाहरु मिलाएर चपाउनाले मुखबाट आउने गन्ध ठीक हुन्छ ।
  •  फिट्किरीपानीले मुख कुल्ला गर्नाले पनि मुखको दुर्गन्ध हट्छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ४ : ११ बजे