सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अफगानिस्तानविरुद्धको खेलमा नेपाललाई छैटौँ सफलता

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्धको खेलमा ६ विकेट लिएको छ । 
    
    दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले १७ ओभरमा ६ विकेट गुमाएर ७५ रनको योगफल बनाएको छ । नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिएका छन् । यस्तै गुलशन झाले १ विकेट लिए । 
    
    पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शून्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर विपिन रावलको हातबाट क्याच आउट भए । त्यसपछि आकाशले लगातार थप तीन विकेट लिँए । 

    जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खानलाई पनि ४ रन तथा अली अहमदलाई शून्यमा आउट गराए । आकाशले व्यक्तिगत पाँचाँै विकेट लिने क्रममा हसन इशाखिललाई २० रनमा आउट गराए । 

    यस खेलको विजेता टोली प्रतियोगिताको सुपर सिक्सम पुग्नेछन् । त्यस्तै पराजित हुने टोली १३औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ४६ बजे