‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अमेरिकामा पहिलोपटक ‘नाइट्रोजन ग्यास’ प्रयोग गरी मृत्युदण्ड

काठमाडौँ । अमेरिकाको अलाबामा राज्यले हत्यामा दोषी ठहर भएका ५८ वर्षिय कनिथ युजिन स्मिथलाई नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिँदा नाइट्रोजन ग्यासको प्रयोग अमेरिकामा पहिलोपटक भएको बीबीसीले उल्लेख गरेको छ । मृत्युदण्ड सूचना केन्द्रका अनुसार स्मिथ विश्वमा शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने पहिलो व्यक्ति हुन्।

स्मिथलाई सन् १९८९ मा एक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको भाडा लिएर हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

अलाबामा र दुई अन्य अमेरिकी राज्यहरूले घातक इन्जेक्सनहरु फेला पार्न गार्‍हो भएपछि वैकल्पिक विधिको रूपमा नाइट्रोजन हाइपोक्सियाको प्रयोगलाई अनुमोदन गरेका छन् । त्यही नीति अन्तर्गत पहिलोपटक नाइट्रोजन प्रयोग गरेर मृत्युदण्ड दिइएको हो । अमेरिकाका विभिन्न राज्यहरुमा घाटक इन्जेक्सन लगाएर मृत्युदण्ड दिने गरिएको छ ।

पृथ्वीको वायुमण्डलको करिब तीन-चौथाई नाइट्रोजन हुन्छ । तर शुद्ध नाइट्रोजन ग्यासमा मात्र सास फेर्दा मस्तिष्कमा अक्सिजन बन्द हुन्छ, यो प्रक्रियालाई नाइट्रोजन हाइपोक्सिया भनिन्छ। अक्सिजन बिना नाइट्रोजन सास फेर्दा शरीरका कोशिकाहरू भाँचिन्छ र मृत्यु हुन्छ।

जेल अधिकारीहरूका अनुसार स्मिथको अनुहारमा मास्क लगाएर शुद्ध नाइट्रोजन ग्यास प्रसारित गरिएको थियो ।

मृत्युदण्ड पाउनु अघि स्मिथले 'आज राती अलाबामाले मानवतालाई एक कदम पछाडि लैजान्छ,मलाई समर्थन गर्नुभएकोमा धन्यवाद। सबैलाई माया गर्नुहोस्' भनेका थिए । उक्त घटनाका साक्षीहरुका अनुसार स्मिथ मृत घोषित गर्नु अघि दुई देखि चार मिनेट रिसाएका थिए र करिब पाँच मिनेट भारी सास फेरेका थिए।

नाइट्रोजन प्रयोगको विषय डरलाग्दो भएको भन्दै मिडियाहरुमा भइरहेको टिप्पणीलाई अलाबामाका महान्यायाधिवक्ता स्टिभ मार्शलले खण्डन गर्दै यो मृत्युदण्ड कार्यान्वयनको प्रभावकारी र मानवीय विधि साबित भएको बताएका छन् । एजेन्सी

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : २५ बजे