साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दुई न्यायाधीश अनुमोदित

काठमाडौँ – सङ्घीय संसद्, संसद्ीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ ।  समितिले डा कुमार चुँडाल र  नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई  लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो । 
 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : ३० बजे