कालिञ्चोक र शैलुङमा हिमपात 

दोलखा÷कालिञ्चोकमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । बुधवार राति झन्डै तीन घण्टा हिमपात भएको स्थानीय सुनपाती होटेलका स्टाफ राजन क्षेत्रीले बताए । बुधवार राति ८ बजेबाट १० बजेसम्म लगातार हिमपात भएको क्षेत्रीले बताए ।

रातभरिको हिमपात पछि बिहीबार (आज) कालिञ्चोक टाँपु तथा कुरीको वातावरण निक्कै रमणीय देखिएको पर्यटकहरूले बताएका छन् । हिमपात पछि बिहीबार बिहानै देखि कालिञ्चोक पुग्ने पर्यटकको चाँप बढेको कुरी स्थित होटेल सुनपातीका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले बताए । 

बुधवार रातभरी हिमपात भएपछि बिहीबार बिहानै देखी कालिञ्चोक जानको लागि पर्यटकहरूको फोन आइरहेको छ – होटेल सञ्चालक ओलीले भने । शुक्रवार र शनिवार त्यसैपनि कालिञ्चोक पुग्ने पर्यटक अत्यधिक हुनेमा हिमपात पछि यो सङ्ख्या थेगिनसक्नु हुने अनुमान होटेल व्यवसायीहरूको छ । 

तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा गत वर्ष फागुनको दोस्रो साताबाटमात्र हिमपात भएकोमा यो वर्ष पहिलो पटक माघ २ गते नै हिमपात भएको थियो । 

बुधवार राति अत्यधिक हिमपात भएको कारण कालिञ्चोकको कुरीसम्म गाडी पुग्न भने कठिन भएको स्थानीयले बताएका छन् । पर्यटकहरूको लागि धेरै बोलेरो गाडीहरूले टाएरमा चेन राखेर कुरीसम्म पु¥याउने व्यवस्था गरेको होटेल सञ्चालक ओलीले बताए । कुरीबाट केबलकार चढेर कालिञ्चोक टापुसम्म पुग्न सकिने भएकोले समस्या नहुने स्थानीय होटेल व्यवसायीहरू बताउँछन् । 

कुरी बजार तथा आसपास अत्यधिक हिउँ रहेकोले बिहीबार (आज) बिहानै देखी पर्यटकहरू हिउँ खेलेर रमाइलो गरिरहेको राजन क्षेत्रीले बताए । 

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १० : २५ बजे