सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

६० केजी सुन प्रकरण : ६ जना धरौटीमा रिहा हुने, १२ जनालाई थुनामा राख्ने आदेश उच्चद्वारा सदर

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा ६ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनले ६ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो भने १२ जनालाई थुनामै राख्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ । यसअघि काठमाडौं जिल्ला अदालतले सबैलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसमध्ये उच्च अदालत पाटकका न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले ६ जनालाई भने रिहा गर्न आदेश दिएको हो ।

धरौटीमा रिहा हुनेमा कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुली रहनु भएको छ । श्रेष्ठ र भट्टबाट जनही एक लाख , पौडेल र नेपालीलाई जनही पाँच लाख र गौतम र पराजुलीलाई जनही दुई लाख रूपैयाँ धरौटी छाडन् अदालतले आदेश दिएको हो ।

यस्तै, दावा छिरिङ, टासी भन्ने धुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई थुनामा पठाउने जिल्लाकै आदेश सदर भएको हो ।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो। जिल्लाको आदेशविरूद्ध १७ जनाले दिएको निवेदनमा बुधबार उच्च अदालतले आदेश गरेको हो।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ८ : ३४ बजे