सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

 मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले धितोपत्र बजार सञ्चालन गर्ने संगठित क्षेत्रसम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर  सिवाकोटीको अध्यक्षतामा तीन सदस्यीय अध्ययन समिति गठन भएको जानकारी दिनुभएकाे  हाे।

समितिले अध्ययन गरेर ४५ दिनभित्र सरकारलाई सुझाव बुझाउनुपर्नेछ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेपछि सरकारले यसबारे अध्ययन गर्न अध्ययन समिति गठन गरेको हो। धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन लिइसकेको छ। 

नयाँ एक्सचेन्जका लागि तीनवटा आवेदन परेका छन्। हिमालयन स्टक एक्सचेन्ज,नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण एक्सचेन्जले आवेदन दिएका हुन्।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : ५० बजे