‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

म अमेरिकाको राष्ट्रपति हुन्थेँ भने युक्रेन र गाजामा युद्ध नै हुने थिएन – ट्रम्प

न्यू ह्यामसायर । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रोपटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा युद्ध नै हुने थिएन भनेका छन् । अमेरिकी पूर्वराष्ट्रपतिले आफ्नो कार्यकालमा आफ्नो प्रशासनको नीतिका कारण इरान ‘विभाजित’ भएको तर गलत नीतिका कारण आज देशले युद्धका नाममा पैसा ‘पम्पिङ’ गरिरहेको बताए ।

न्यू ह्याम्पसायरको लण्डनडेरी सिटीमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'यदि अमेरिकी मतदाताहरू एउटा महान् देश चाहन्छन् भने रिपब्लिकन पार्टीको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानमा सहभागी हुनुपर्छ । यसैको पक्षमा मतदान गर्नुपर्छ ।'

रिपब्लिकन पार्टी अमेरिकालाई महान् बनाउने अभियानमा लागिरहेको उनको दाबी छ । पूर्वराष्ट्रपति ट्रम्पले आफू सत्तामा हुँदा सबै कुरा ‘सहज र राम्रोसँग’ चलिरहेको भए पनि आज पूरै विश्व ‘हिंसा’को त्रासमा रहेको बताए ।

उनले भने, 'हामीले ती मुलुकसँगका समस्यालाई राम्रो तरिकाले सम्बाेधन गरेका थियौँ । हामीसँग कुनै युद्ध थिएन । रुसले युक्रेनमाथि कहिल्यै आक्रमण गर्ने थिएन र इजरायलमाथि पनि आक्रमण हुने थिएन ।’

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : १६ बजे