‘एउटै नाउरको सिकार गर्न २३ लाख’

छाया सेन्टर घटना : गुण्डा नाइके सानुभाइ समूहका विश्व लामा पक्राउ

काठमाडौं । गुण्डा नाइके नुवाकोटका युवराज गुरुङ (सानुभाइ) समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज सो समूहका विश्व लामालाई पक्राउ गरेको हो । सानुभाइको समूहले केही दिनअघि काठमाडौंको ठमेलस्थित छाया सेन्टर बाहिर एक व्यक्तिलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा प्रहरी वृत्त दरबारमार्गमा उजुरी परेको थियो । सानुभाइ लगायत भने अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ ‘घैँटे’ का प्रमुख सहयोगी सानुभाई फेरि नयाँ समूह बनाउँदै गुण्डागर्दीमा सक्रिय हुन थालेका हुन्।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : २९ बजे