काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : १० माघ २०८०, बुधबार ११ : ५४ बजे
प्रतिक्रिया