‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

८६ वर्षीय नर्वेका राजाद्वारा राजगद्दी त्याग्न अस्वीकार

ओस्लो । डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनक रूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा शारीरिक रूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोर्‍याएका छन् ।

'मैले सधैँ भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्) को शपथ लिएको छु र यो जीवनभरका लागि हो', युरोपका सबैभन्दा वृद्ध राजा हेराल्डको भनाइ उद्धृत गर्दै नर्वेली मिडियाले भनेको छ । आफ्ना छोरा युवराज हाकनसँगै ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा उनले उक्त टिप्पणी गरेका हुन् ।

राजगद्दीमा ३३ वर्षसम्म रहेका राजा फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै छन् । आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्डले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्नेछन् भन्ने सम्भावनाका बारेमा अनुमान लगाउन प्रेरित गरेको छ ।

बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले नयाँ वर्षको पूर्वसन्ध्याको सम्बोधनमा आफ्नो सबैभन्दा ठूलो छोरा फ्रेडरिकको पक्षमा पद त्याग्ने घोषणा गरेकी थिइन् ।

वैशाखीको सहारामा हिँडडुल गर्ने राजा हेराल्डको हालैका वर्षहरूमा मुटुको शल्यक्रिया गरिएको छ र श्वाससम्बन्धी समस्या तथा सङ्क्रमणका कारण उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : ११ बजे