सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गृह मन्त्रालयले ल्यायो भिजिट भिसासम्बन्धी नयाँ व्यवस्था, खाडी मुलुक जाँदा स्वघोषणा अनिवार्य शर्त

काठमाडौं । सरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । गृह मन्त्रालयले सोमबार १३ बुँदे एडभाइजरी जारी गर्दै नयाँ व्यवस्था ल्याएको हो।

यो नयाँ व्यवस्था भिजिट भिसामा जाने नेपाली यात्रुहरूका लागि हो। यो माघ १० गतेदेखि कार्यान्वयनमा आउने गृहले जानकारी दिएको छ।

१७ बुँदे प्रावधानअनुसार भिजिट भिसामा यात्रा गर्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने, अंग्रजी भाषा जान्नुपर्ने, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको हुनुपर्नेलगायत झन्झटिला १७ फरक-फरक प्रावधानहरू राखिएका थिए। जसले गर्दा सर्वसाधारणलाई भिजिट भिसामा कुनै पनि मुलुक जान कठिन बनेको थियो। 

बुधबारदेखि भिजिट भिसामा विदेश जाने यात्रुहरूले ६ महिनाको वैध राहदानी, दुईतर्फी हवाई टिकेट, होटल बुकिङ र ५ सय अमेरिकी डलरको सटही अनिवार्य बोक्नुपर्ने छ। कसैको निमन्त्रणा भएमा डलर सटही आवश्यक छैन। 

संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा यात्रुले अनिवार्य स्वघोषणा फारम भर्नुपर्नेछ।

संयुक्त अरब इमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा तोकिएबमोजिम स्व:घोषणा गर्नुपर्ने एडभाइजरीमा उल्लेख छ। 

भिजिट भिसाका लागि बनाइएको यसअघिको १७ बुँदे घोषणा खारेज गरेपछि गृहमन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो। भिजिट भिसामा जाने यात्रुहरूले गन्तव्य मुलुकमा अपनाउनुपर्ने विवरणहरु राखेर गृहमन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो।

संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा यात्रुले अनिवार्य स्वघोषणा फारम भर्नुपर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकारीहरूले ती मुलुक घुम्न जाने यात्रुहरूलाई स्वघोषणा फारम उपलब्ध गराउनेछ। 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : ४९ बजे