‘एउटै नाउरको सिकार गर्न २३ लाख’

थप ८३६ मा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २०८ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७४ हजार ८१२ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

नेपालमा आज अपरान्हसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ जना रहेको छ ।  कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको  मृत्यु भएको छ भने हालसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : ०१ बजे