‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आमाले काटेर दिईन् कलेजोको टुक्रा,जोगियो ३ वर्षीय छोराको ज्यान

​​​​​​​भक्तपुर ।     आफ्नो छोराछोरीलाई प्यारो गरी बोलाउँदा मुटु कलेजोको टुक्रा भनी सम्बोधन गरिन्छ । तर त्यही अति प्यारो मान्छे बालकैमा गंभीर बिरामी भएर जीवन र मृत्युको दोसाँधमा पुग्दा बाबु आमालाई कस्तो पींडा हुन्छ सहजै अनुमान गर्न सकिन्छ । झन् दश मास गर्भमा राखेर जन्म दिएकी आमाको मन कति सकसपुर्ण होला । 

तीन बर्षीय छोरा बिरामी भएर यस्तै दुखमा पर्नुभयो बारा सिमराका ३० बर्षीय सीता भट्ट अधिकारी दम्पती ।उहाँहरुका छोरा कलेजोको क्यान्सरले थलिएपछि आमा सीताले आफ्नै कलेजो दिएर दोस्रो पदक जीवन दान दिनुभएको छ । जसरी पहिलो पटक दश मास गर्भमा राखेर रीसबलाई जीवन दान दिनुभएको थियो । 

बालक छोरो रिसवलाई आमाले आफ्नो शरीरमा भएको चालिस प्रतिशत कलेजो काटेर छोरा दिनु भएको हो । सीताले सन्तानलाई माया ममताले बोलाएर कलेजो टुक्रा पात्र भन्नु भएन कलेजो काटेरसमेत दिनुभयो ।त्यसैले पनि आमालाई जिउँदो भगवान भनिएको । 

छोराले पुनर्जीवन पाए पछि परिवारमा खुसी फर्किएको छ । माया मारीसकेको छोरो बचाउन पाउँदा आमा सीता र बाबु रुपक अधिकारी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डिस्चार्ज हुनुअघि खुसीले द्रबिभुत हुनुभयो । 

नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएका तीन वर्षीय बालक डिस्चार्ज भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत पुस २७ गते डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पर्साका ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक गरेको थियो ।  

बालकको अप्रेसनमा ५० जान चिकित्सकको टोलीले १४ घण्टा लगाएको श्रेष्ठले बताउनुभयो । डा श्रेष्ठको नेतृत्वमा भएका प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक बिदाका दिन पनि प्रत्यारोपण गरेका हुन् । 

प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा वर्मा तथा भारतीय चिकित्सकको पनि ससहभागिता रहेको थियो । उनका अनुसार बच्चामा हुने क्यान्सरका कारणले कलेजो फेल भएको हो ।  

बच्चालाई आइतबार ९ दिन र आमालाई ६ दिनमा डिस्चार्ज गरिएको  श्रेष्ठले बताउनुभयो । केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालका अनुसार १५ देखि २० लाखसम्म रुपैयाँ कलेजो प्रत्यारोपणमा खर्च लाग्ने भए पनि १५ लाख मात्रै अस्पतालले लिएको छ । ती बालकलाई उनकी ३० वर्षीय आमा सिता भट्टले कलेजो दान दिएकी हुन् । प्रत्यारोपित बालक र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको पौड्यालले बताउनुभयो ।  

अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘देशमा कलेजो प्रत्यारोपणको सुरुवात गर्ने यस केन्द्रले सबै भन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ । यस केन्द्रले सुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरी सकेको छ भने केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११ सय ८८ जनाको मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण समेत भई सकेको छ ।’ 

कलेजो दान दिने मान्छेको कलेजो आधा काटेपनि ३ महिनामा ९० प्रतिशत कलेजोको भाग पलाउने चिकित्सकको भनाई छ । 

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ३३ बजे