‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राजविराजमा जनमत पार्टीका नेता कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं। सप्तरीको राजविराजमा सीके राउत नेतृत्वको जनमत पार्टी र प्रहरीबीच झडप भएको छ ।

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो।

मधेशमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच द्वन्द्व चलिरहेको छ । विश्वविद्यालयको भवन शिलान्यासमा यादवलाई प्रमुख अतिथि बनाइएपछि जनमतले विरोध गरेको हो ।

झडपका क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते हुनु भएको छ । झडपकैबीच उपेन्द्रले भवनको शिलान्यास गर्नुभएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ५० बजे