सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्री कप: कर्णालीलाई हराउँदै बागमती शीर्षस्थानमा

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले हराएको छ । बागमतीको यो लगातार चौथो जितसँगै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

मुलपानी मैदानमा कर्णालीले दिएको ७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर इशान पाण्डेले ४० रन बनाए । यस्तै, रविन जोशीले १६, आशुतोष घिरैयाले ९, रित गौतमले ८ र अशोक पौडेलले ६ रन जोडे । कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिए ।

त्यसअघि मुलपानी मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा मात्र ७८ रन बनाएर अलआउट भएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रनको योगदान दिए । कर्णालीका अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न बागमतीका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले ५ विकेट लिए ।

यस जितसँगै बागमती ६ खेलमा ४ जित र २ हारसहित ८ अंकसाथ शीर्षस्थानमा छ । कर्णाली भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोड्दै सातौंमा छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : १८ बजे