काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा एक डाक्टर पक्राउ परेका छन् ।सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।
प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो ।
उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।
उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १ : ५७ बजे
प्रतिक्रिया