‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्स फेला, चारको जीवितै उद्धार

काठमाडौँ । थाइल्याण्डबाट रसियाको मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । एयर एम्बुलेन्समा रहेका ६ जनामध्ये चार जनाको जीवितै उद्धार भएको छ भने दुई जना बेपत्ता भएका छन् । 

बेपत्ता भएकाहरुको बारेमा जानकारी सङ्कलन भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएकाले सुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि अस्ति शनिवार विमान उडेको थियो । 

यसअघि रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित एयर एम्बुलेन्स बेपत्ता भएको बताएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : १४ बजे