‘एउटै नाउरको सिकार गर्न २३ लाख’

होटल स्क्वायरका सञ्चालक पक्राउ

काठमाडौँ  । ललितपुरको होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक व्यक्ति करेन्ट लागेर अचेत भएपछि सो प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई पक्राउ परेको छ । 

पीडितका परिवारको जाहेरीका आधारमा सञ्चालकविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका होटल सञ्चालक भण्डारी आज पक्राउ परेको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डारीलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट अनुसन्धानका लागि तीन दिनको म्याद प्राप्त भएको कार्कीले बताउनुभयो । होटलका अर्का सञ्चालक रोमी अर्यालको भने खोजी जारी रहेको उहाँले बताउनुभयो । 

पीडित परिवारले दुई जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि यही माघ ४ गते दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पौडी खेल्ने क्रममा गत भदौ १५ गते मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनी अहिले अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : १८ बजे