काठमाडौँ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा लागि सिफारिस भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीम ढकालले बस्नेत बढुवाका लागि सिफारिस भएको जानकारी दिए । उनले भने, ‘आज एक जनाको बढुवा सिफारिस भएको छ ।’ रिक्त रहेको एसएसपीको एक पदमा उनको नाम बढुवा समितिले सिफारिस गरेको हो ।
प्रकाशित मिति : ७ माघ २०८०, आइतबार ९ : ४६ बजे
प्रतिक्रिया