सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्व पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

५ वर्ष अघि भएको हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले पञ्चासँगै ६ जनाविरूद्ध पुर्जी जारी गरेको हो ।

२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो।

सिंहसँगै टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : ३६ बजे