‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं । पूर्वी नवलपरासीमा गर्भवती श्रीमतीको हत्या गरेकाे आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

हुप्सेकोट गाउँपालिका-६ का ३३ वर्षीय शेरबहादुर लम्कामगरले उनकी गर्भवती श्रीमती ३४ वर्षीया चनिसर लम्कामगरको हत्या गर्नुभएको हो । शेरबहादुरले आइतबार बिहान करिब एक बजे श्रीमतीको हत्या गरेका प्रहरीले जानकारी दिएको छ ।

गएराति श्रीमान-श्रीमतीसँगै खाना खाएर सुतेकामा १ बजेतिर श्रीमानले एक्कासी श्रीमतीमाथि खुर्पा र कोदालो प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शेरबहादुर मानसिक रूपमा अस्वस्थ छन् ।

राति केही मानिसले आफूलाई आक्रमण गर्न आएका र प्रतिकार गर्दा हतियार प्रहार गरेको उहाँले प्रारम्भीक बयान दिनुभएको छ । तर घटनास्थललाई हेर्दा त्यस्तो केही नदेखिएको र मानसिक रूपमा अस्वस्थ शेरबहादुरले भ्रममा परी श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

होसमा आएपछि श्रीमतीको मृत्यु भएको देखेपछि शेरबहादुर आफैँले बुबा आमालाई बोलाउनु भएको थियो । चनिसराले यही महिनामै बच्चालाई जन्म दिँदै थिइन् ।

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : ०९ बजे