सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यु-१९ विश्वकपमा आज न्युजिल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यु–१९  विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । जारी विश्वकपमा नेपाली युवा टोलीले पहिलो खेल न्युजिल्यान्डविरुद्ध खेल्न लागेको हो ।

याे खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । 

यसपछि नेपालले जनवरी २४ तारिखमा पाकिस्तान र तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । 

नेपाल टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तमरंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।

 

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ४७ बजे