सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : १८ बजे